Logo

GBIME

बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन, हवाई उडान आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय

बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन, हवाई उडान आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय



काठमाडौँ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको आइतबार निधन भएको छ । हवाई उडानलाई सहज र सरल बनाइ आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ । ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको शुरूवात उनले गरेका थिए । बुद्ध एयरले विज्ञप्तिमार्फत बस्नेतको निधनले असल अभिभावक गुमाएको जनाएको छ ।

Laxmi

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागि नेतृत्वदायी भूमिका निभाएका थिए ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC