Logo

चालू पूँजी कर्जामा व्यवसायीको विरोधपछि राष्ट्र बैंक लचक, माग्यो सुझाव

चालू पूँजी कर्जामा व्यवसायीको विरोधपछि राष्ट्र बैंक लचक, माग्यो सुझाव



काठमाडौं । पछिल्लो समय उद्यमी व्यवसायीहरुले चालू पूँजी कर्जा मार्गदर्शनको विरोध गरेपछि राष्ट्र बैंक लचिलो बनेको छ । कार्तिक १ गतेबाट लागू हुनेगरी राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन २०७९ सार्वजनिक गरेको छ ।

laxmi

मार्गदर्शनमा भएका बुँदाले तरलता अभाव र आर्थिक मन्दीको अवस्थामा आफुलाई असर पर्ने भन्दै उद्यमी व्यवसायीले आन्दोलनमा कार्यक्रमहरु अघि बढाईसकेका थिए ।

तर, राष्ट्र बैंकले भने बुधबार एक सूचना सार्वजनिक गरी मुख्य बुँदाहरु संशोधनसहितको सुझाव माग गरेको छ । कार्यविधि लागू भएको एक महिना वितिसकेकाले यसमा केहि सुझाव भए मंसिर १० गतेसम्म बुझाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

उक्त मार्गदर्शन अनुसार कुनै व्यवसायीले चालू पूँजी कर्जामा आधारित २ करोड रुपैयाँसम्मको कर्जा माग गर्दा विक्रीको अधिकतम २० प्रतिशतसम्म कर्जा माग गर्न सकिने उल्लेख छ ।

यस्तै विस्तृत विवरणको आधारमा भने ऋणीले ४० प्रतिशतसम्म कर्जा माग गर्न सकिनेसमेत कार्यविधिमा उल्लेख छ । यस्तै २ करोड बढीको लागि कर्जा माग गर्दा कुल विक्रीको २५ प्रतिशत र स्थायी कर्जाका लागि बैंकको नीतिअनुसार कर्जा लिन सकिने उल्लेख छ । यस्तो कर्जाको अवधि ५ बर्षको हुनेछ । यिनै बुँदाहरुका कारण उद्यमी व्यवसायीहरु उक्त कार्यविधिप्रति रुष्ट बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL