Logo

एप्पलविरुद्ध साढे २ अर्ब जरिवानाको फैसला, मोबाइलसँगै चार्जर नदिएको आरोप

एप्पलविरुद्ध साढे २ अर्ब जरिवानाको फैसला, मोबाइलसँगै चार्जर नदिएको आरोप



काठमाडौं । ब्राजिलको एक अदालतले अमेरिकी कम्पनी एप्पलविरुद्ध करिव साद्दे २ अर्ब रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ । उपभोक्तालाई नयाँ एप्पल फोनहरुसँगै चार्जर नदिएको भन्दै ब्राजिलको साओपाउलो स्टेट अदालतले १० करोड ब्राजिलियन डलर बराबरको जरिवाना तिर्नुपर्ने फैसला गरेको हो ।

एप्पलले वातावरणलाई प्रभाव नपर्ने भन्दै नयाँ मोबाइलको बक्समा चार्जर नदिने नीति लिएको छ । जसका कारण आईफोनका उपभोक्ताहरुले फोन नयाँ लिएपनि चार्जर भने छुट्टै किन्नुपर्ने बाध्यता छ ।

यहि बाध्यतालाई मध्येनजर गर्दै ब्राजिलियन एसोसिएसन अफ बरोअर्स, उपभोक्ता समूह तथा करदाताले अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL