Logo

लघु बीमाका लागि ३१ कम्पनीको आवेदन, जीवन भन्दा निर्जीवनको बढी माग (सूचीसहित)

लघु बीमाका लागि ३१ कम्पनीको आवेदन, जीवन भन्दा निर्जीवनको बढी माग (सूचीसहित)



काठमाडौं । लघु बीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिले माग गरेको आज अन्तिम दिन १२ बजेसम्म विभिन्न ३१ कम्पनीले आवेदन दिएको बीमा समितिले जानकारी दिएको छ ।

laxmi

बीमा समितिले भदौ ५ गते प्रादेशिक रुपमा लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो । सोही अनुरुप आज अन्तिम दिन अर्थात असोज १३ गते बिहीबारसम्म ३१ कम्पनीले आवेदन दिएका हुन् ।

समितिले प्रादेशिक रुपमा जीवन र निर्जीव लघु बीमाको लागि आवेदन माग गरेको थियो । सोहीअनुरुप निर्जीवनमा १६ र जीवन लघु बीमा कम्पनीको लागि १५ ओटा कम्पनीको आवेदन परेको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL