Logo

गभर्नरका छोरा र प्रधानन्यायधीशको छोरी ऋण तिर्न नसकेर डिफल्डर, सहकारीले निकाल्यो सार्वजनिक सूचना

गभर्नरका छोरा र प्रधानन्यायधीशको छोरी ऋण तिर्न नसकेर डिफल्डर, सहकारीले निकाल्यो सार्वजनिक सूचना



काठमाडौं । पूर्व गभर्नर तिलक रावलका छोरा विनय रावल र निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमसेर जबरा राणाकी छोरी सृष्टि राणा रावलले एक सहकारीको कर्जा तिर्न नसक्दा डिफल्डर भएका छन । राणाले लिएको कर्जा तिर्न नसक्दा जमानत बसेको रावल समेत डिफल्डर भएका हुन । उनिहरु दुबैजना श्रीमान श्रीमती हुन् ।

laxmi

लालिगुराँस सहकारी संस्थाले निकालेको सार्वजनिक सुचना अनुसार सृष्टि राणाले उक्त सहकारीबाट लिएको कर्जाको किस्ता र ब्याज तिर्न नसक्दा सार्वजनिक रूपमै सुचना प्रकाशित गरि ताकेता गरिएको हो ।

सहकारीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै दुबै जनालाई २१ दिने अल्टिमेटम दिएर त्यस अवधिमा सम्पुर्ण कर्जाको सावाँ, व्याज र जरिवानासहित बुझाउन ताकेता गरेको छ ।

उनीहरुलाई सहकारी संस्थाले पटकपटक मौखिक र लिखित रुपमै कर्जा तिर्न ताकेता गरिरहेको भएपनि बेवास्ता गरिएको संस्थाको सूचनामा उल्लेख छ ।

यदि २१ दिनभित्र कर्जाको सावाँ, ब्याज, दस्तुरलगायत नतिरे ३५ दिने सूचना निकालेर कर्जावालाले राखेको धितो लिलामी गरिने सूचनामा उल्लेख छ । पूर्व गभर्नरका छोरा विनय रावल भने आफ्नो श्रीमतीको जमानी बसेको सहकारीले निकालेको सुचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
MBL