GBIME

प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्न–नयाँ स्टक एक्सचेञ्ज किन ?


बिजखबर संवाददाता
6 September, 2022 3:45 pm

parliament

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उनीहरुले सरकारको ध्यानकर्षण गराए ।

NABIL
lAXMI_BANK

सांसद कृष्णप्रसाद दाहालले हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर रु एक अर्बमा सीमित हुन लागेको उनको भनाइ थियो ।

सांसद दाहालले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए । उनले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए ।

सांसद खेमप्रसाद लोहनीले भूकम्प प्रभावित नागरिकको आवास निर्माणको काम पूरा नभएकाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको कामलाई व्यवस्थित बनाउन र ४० हजार भूकम्प प्रभावितको समस्याको समाधान गर्न माग गरे । सांसद गजेन्द्रबहादुर महतले महाअभियोग लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पदीय मर्यादा विपरीत गएर अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

सांसद गणेशप्रसाद पहाडीले सिन्धुली जिल्लाका विभिन्न नदीले बस्ती कटान गरेकाले जनजीवन प्रभावित भएको भन्दै तत्काल तटबन्धको प्रबन्ध गर्न सरकारको ध्यानकर्षण गराए । सांसद घनश्याम खतिवडाले वास्तविक किसानले प्रभावकारी रुपमा राहत तथा अनुदान पाउन नसकेकामा गुनासो गरे । सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमति जुटाएर नागरिकता विधेयक पारित गर्नुपर्नेमा त्यसो नभएकामा आपत्ति प्रकट गरे । रासस

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL