SCT


GBIME

आइएमई जनरल इन्स्योरेन्सको सीइओमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त, आजैदेखि कार्यकाल सुरु


बिजखबर संवाददाता
8 August, 2022 4:58 pm

आइएमई जनरल इन्स्योरेन्सको सीइओमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त, आजैदेखि कार्यकाल सुरु

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । बैंकको आषाढ ७ गतेको बैठकको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृतमा आजैदेखि लागु हुने गरी दोश्रो कार्यकालका लागि उनी पुनः नियुक्त भएका हुन् । श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

NLIC
Lamxi_bank

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले सीइओ श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL