Logo

नेपालले विप्पा सम्झौतका लागि चीनलाई ड्राफ्ट पठायो, ड्राफ्ट सदर भएर आएपछि सम्झौता हुने

नेपालले विप्पा सम्झौतका लागि चीनलाई ड्राफ्ट पठायो, ड्राफ्ट सदर भएर आएपछि सम्झौता हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ मंसिर, काठमाडौं । नेपालले चीनसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि परराष्ट्रमन्त्रालय मार्फत् चीन सरकारलाई पत्राचार गरेको छ ।

उद्योगमन्त्रालयका सह–सचिव महेश्वर न्यौपानेका अनुसार चीन सरकारले २०६८ साल मंसिरमा विप्पाका लागि ड्राफ्ट पठाइएको छ । चीन सरकारले पठाएको सो ड्राफ्ट विभिन्न मन्त्रालयबीच आन्तरिक छलफल भएपछि उद्योगमन्त्री महेश बस्नेतले सदर गरेर परराष्ट्रमन्त्रालय मार्फत् आज चीन पठाइएको छ ।

यसअघि नेपालसँग वेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) भएको छ । ‘हालसालै भारतसँग गरिएको विप्पा मोडेलमा चीन सरकारले पठाएको ड्राफ्टलाई परिमार्जन गरि पठाएका छौँ,’ सह–सचिव न्यौपानेले भने, ‘चीनबाट के कस्तो प्रतिक्रिया आउछ त्यस बमोजिम अन्य प्रक्रिया अघि बढ्नेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL