Logo

लोकप्रिय बन्दै फिक्स्ड डिपोजिट योजना, कस्तो र कति अवधिको योजना छनौट गर्ने ?

लोकप्रिय बन्दै फिक्स्ड डिपोजिट योजना, कस्तो र कति अवधिको योजना छनौट गर्ने ?



काठमाडौं । फिक्स्ड डिपोजिट (एफडी) सबैभन्दा सुरक्षित लगानी विकल्प मानिन्छ । यसमा, वित्तीय बजारको अवस्थालाई ध्यान नदिई निश्चित प्रतिफलको ग्यारेन्टी गरिन्छ । पछिल्लो समय ब्याजदर बढ्दै गएको छ, । यस्तै हाल जारी मुद्रास्फीति प्रवृत्तिले निक्षेप दरहरू अझै उल्लेखनीय रूपमा बढ्न सक्ने देखिन्छ ।

laxmi

बैकिङ क्षेत्रका जानकारहरु ब्याजदर वृद्धिको चक्र जारी रहने अपेक्षा गरेको बताउँछन् । बजारमा जारी अनिश्चिततालाई ध्यानमा हेर्दा एफडी एक आकर्षक बचत विकल्प बन्दै गएको छ । एफडीमा निश्चित प्रतिफलको आकर्षण छ । पछिल्लो समय नेपालमा प्राय बैंक तथा वित्तिय संस्थाले तरलता अभावलाई व्यवस्थापन गर्न विभिन्न आकर्षक एफडी योजनाहरु सार्वजनिक गरिरहेका छन् । यस्तोमा उपभोक्ताहरु पनि एफडीतर्फ आकर्षित भएको देखिन्छ । जानकारहरु भने एफडी गर्दा सबैभन्दा महत्वपूर्ण कुरा कुन योजना छनौट गर्ने भन्ने रहेको बताउँछन् ।

फिक्स्ड डिपोजिट योजना कसरी रोज्ने ?

तपाईले छोटो अवधि वा दीर्घकालीन फिक्स्ड डिपोजिट छनौट गर्न सक्नुहुन्छ । बैंक तथा वित्तिय संस्थाहरुले अहिले फिक्स्ड डिपोजिटका लागि विभिन्न अवधि र प्रतिफलसहितका योजनाहरु सार्वजनिक गरिरहेका छन् । यदि तपाईं धेरै जोखिम उठाउन नचाहने लगानीकर्ता हुनुहुन्छ र छोटोदेखि मध्यम अवधिमा पैसा चाहिन्छ भने तपाईंले आफ्नोे आवश्यकताको लागि केही महिनाका लागि मात्र फिक्स्ड डिपोजिट गर्न सक्नुहुन्छ ।

यस्तै यस्ता लगानीकर्ताले २–३ वर्षको लागि पुँजी फिक्स्ड डिपोजिटमा जम्मा गर्न सक्नुहुन्छ । इक्विटी बजार अस्थिर रहँदा र अस्थिरताको सामना गर्दा तपाईंको पुँजीकोे फिक्स्ड डिपोजिटले अधिकतम सुरक्षा सुनिश्चित गर्दछ । जेष्ठ नागरिकहरूमा सामान्यतया कम जोखिम मोल्ने र आफ्नो रकम बैंक निक्षेपमा राख्ने प्रवृत्ति हुन्छ । यस्ता लगानीकर्ताले अल्पकालीन समयको लागि मुद्दती निक्षेपमा लगानी गर्नु सुनिश्चित प्रतिफल प्राप्त गर्नको लागि भरपर्दो विकल्प हो ।

लगानीको समय जति उच्च हुन्छ, मुद्दती निक्षेपको ब्याजदर पनि उच्च हुन्छ । मुद्दती निक्षेपको अवधि अहिले २१–२२ वर्षसम्मका लागि बैंकहरुले सार्वजनिक गरिरहेका छन् । छोटो अवधिको फिक्स्ड डिपोजिटको अवधि केही महिनाको हुन्छ भने भने दुई वर्ष वा सोभन्दा बढीको लागि गरिएको मुद्दती निक्षेपहरू दीर्घकालीन मानिन्छ ।

तर, ब्याजको हिसाबले लगानीकर्ताले छोटो अवधिको निक्षेपमा कम ब्याज पाउँछन् भने दीर्घकालीन मुद्दती निक्षेपमो अधिकतम ब्याज पाउँछन् । जब कम्पाउन्डिङलाई विचार गरिन्छ, तपाईले लामो अवधिमा उच्च प्रतिफल प्राप्त गर्नुहुन्छ । छोटो अवधिको एफडीको मामलामा यस्तो हुँदैन । तसर्थ, छोटो अवधिको एफडीमा तपाईले साधारण ब्याज मात्र पाउनु हुन्छ, जबकि दीर्घकालीन एफडीमा तपाईले कम्पाउन्डिङको लाभ पाउनुहुन्छ ।

छोटो अवधिको एफडी

छोटो अवधिको एफडीमा लक–इन अवधि जोडिएको हुन्छ । लगानीकर्ताहरू जो आफ्नो कोषको सुरक्षा चाहन्छन् र केही महिनामा पैसा चाहिन्छ, छोटो अवधिको एफडीहरू रोज्नुपर्छ । यस्तो एफडी समयभन्दा पहिले रद्द गरेमा केही प्रतिशत जरिवाना तिर्नुपर्छ । छोटो अवधिको अवधि त्यस्ता लगानीकर्ताहरूको लागि उपयुक्त हुन्छ जसले छोटो अवधिको वित्तीय लक्ष्यहरू राखेका हुन्छन् ।

लामो अवधिको एफडी

सामान्यतया जोखिम–प्रतिरोधी लगानीकर्ताहरू जसलाई कुनै पनि समय चाँडै पुँजीको आवश्यकता पर्दैन, र इक्विटीमा गरिएको लगानीले मध्यम अवधिमा, २–५ वर्षमा राम्रो प्रदर्शन गर्दैन भन्ने विश्वास गर्नेहरूले दीर्घकालीन मुद्दती निक्षेपका लागि विचार गर्न सक्छन् । लामो अवधिको एफडीमा उच्च ब्याजदरसँगै चक्रवृद्धिले अन्तिममा राम्रो प्रतिफल प्राप्त गर्न मद्दत गर्छ । यद्यपि, मुद्रास्फीति र करहरूले प्रतिफललाई उल्लेखनीय रूपमा घटाउन सक्ने भएकाले पाँच वर्षभन्दा बढी हुँदा मुद्दती निक्षेप उपयुक्त औजार नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL