Logo

एनआइवीएल सहभागिता फण्डको वितरकमा ‘सम्पन्न क्यापिटल’ नियुक्त , लगानीकर्ताले अनलाइनबाटै भुक्तानी गर्न सक्ने

एनआइवीएल सहभागिता फण्डको वितरकमा ‘सम्पन्न क्यापिटल’ नियुक्त , लगानीकर्ताले अनलाइनबाटै भुक्तानी गर्न सक्ने



काठमाडौं । एनआइवीएल सहभागिता फण्डले ‘सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेड’ लाई खुलामुखी योजनाको वितरक (एजेन्ट) नियुक्त गरेको छ । एनआइवीएल सहभागिता फण्ड नामक खुलामुखी योजनाका इकाईहरुको खरिद/बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले लिमिटेड लाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्र्तगतको निर्देशिका बमोजिम योजनाको वितरक नियुक्त गरेको एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
यस अघि उक्त योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुदै आइरहेको थियो ।

laxmi

उक्त योजना विगत २ वर्ष भन्दाबढी समयदेखि एनआइवीएल म्युचुअल फण्ड अन्र्तगत संचालित भइरहेको र योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई लाभांश दिएको छ । पहिलो आर्थिक बर्षमा ८ दशमलव २५ र दोस्रो आर्थिक बर्षमा र दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत नगद लाभांश दिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त योजनामा लगानी गर्न लगानीकर्ताहरुले क्यापिटलको वेवसाईट www.niblcapital.com मा गई विद्युतीय प्रणाली मार्फत पनि लगानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै लगानीकर्ताले अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन । अनलाइन भुक्तानीका लागी लगानीकर्ताले ई सेवा, खल्ती, कनेक्ट आईपिएस, थैली र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड को ई बैंकीङ प्रयोग गर्न सक्नेछन ।

एनआईबिएल सहभागिता फण्ड नामक खुलामुमि योजनाको कोष प्रबर्दक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीले जानकारी दिएको छ । उसका साथै उक्त योजना एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL