Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १० हजार ३१९ संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १० हजार ३१९ संक्रमित, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २ सय १ जनाको नमुना परीक्षण गर्दा उक्त जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

laxmi

सोमबार १६ हजार ६ सय ५४ जनाको नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ जनाको नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५ सय ५० संक्रिय संक्रमित छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ३ हजार ६ सय ३४, ललितपुरमा ५ सय ८७ र भक्तपुरमा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL