Logo

टीयु अन्तर्गतका सबै परीक्षाहरु स्थगित, परीक्षा नियन्त्रण कार्यालयले निकाल्यो सूचना

टीयु अन्तर्गतका सबै परीक्षाहरु स्थगित, परीक्षा नियन्त्रण कार्यालयले निकाल्यो सूचना



काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परिक्षाहरु स्थगित हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुले विहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

laxmi

पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणका कारण विश्वविद्यालयले परिक्षाहरु स्थगित गरेको हो ।

‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रुपमा फैलिएको ओमक्रोम भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL