GBIME

मौलाउँदै हुण्डी कारोबार, स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ


बिजखबर संवाददाता
21 October, 2021 4:33 pm

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ ।

Bajaj
NABIL
YAMAHA

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राणमा लिएको हो । उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद ३० लाख रुपैयाँ बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL