Logo

मन्त्रीको पीए नै मन्त्री बनेपछि सेवाग्राही अन्यौलमा, दशैंको मुखमा खोसियो जागिर

मन्त्रीको पीए नै मन्त्री बनेपछि सेवाग्राही अन्यौलमा, दशैंको मुखमा खोसियो जागिर



काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माको पीए श्रीकुमार कठायतले आफुनै मन्त्री भएको भन्दै कुराकानी गर्न थालेपछि उनको जागिर गएको छ । अर्थ मन्त्री शर्माको दोस्रो वरियाताको पीए विशेषगरी मन्त्रीको फोन उठाउने लगायतको महत्वपूर्ण जिम्मेवारी पाएका कठायतले मन्त्रीको मोवाईलमा आएको फोनमा आफैले उठाउँदै आफुनै मन्त्री भएको भन्दै कुराकानी गर्न थालेपछि अहिले कठायतलाई सचिवालयबाट हटाइएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

‘पीए कठायतले मन्त्रीको मोबाइलमा कोरियाबाट आएको फोन उठाएर आफुनै मन्त्री भएको बताउँदै गरेको कुराकानी गरेको अडियो सार्वजनिक भएपछि उनले मन्त्रीको फोन बुझाएर सम्पर्कमा आएका छैनन्,’ सचिवालय स्रोतले भन्यो, ‘अहिले मन्त्रीज्यूको फोन उठाउने काम अर्कै व्यक्तिले गर्दै आएको र कठायतको ठाउँमा अर्को व्यक्ति नियुक्ती गर्ने तयारी भैरहेको छ ।’

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेपछि कोरियामा रहेका नेपालीले मन्त्रीको मोबाइलमा फोन गरी सो विषयमा किन सम्बोधन नगरेको भन्दै चासो लिएका थिए । कोरियाबाट फोन गर्ने युवाले फोन उठाउने व्यक्ति मन्त्रीको जस्तो स्वर नभएको भन्दै भेरिफाइ गर्न खोज्दा पीए कठायतले आफु मन्त्रीनै भएको दावी गर्दै आफ्ना कुरा राख्न आग्रह गरेका थिए । ‘कोरियाबाट फोन गर्ने व्यक्तिले आफुले मन्त्रीसँग कुरा गर्न चाहेको र मन्त्रीसँग कुराकानी गर्न मिल्छ भनेर सोधेका छन्,’ सार्वजनिक भएको उक्त अडियो रेकर्डमा छ, ‘फोन गर्ने व्यक्तिले हजुरको स्वर छुट्टै छ भनेर शंका गर्दा कठायतले भन्ने भए भन्नु नभन्ने भए नभन्नु म अर्थ मन्त्री जनार्दन शर्मानै हुँ भनेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL