Logo

रेमिट्यान्स कम्पनीका चाडपर्व अफर : पैसा डबलको डबलदेखि लाखौं रुपैयाँ उपहारमा जित्ने मौकासम्म

रेमिट्यान्स कम्पनीका चाडपर्व अफर : पैसा डबलको डबलदेखि लाखौं रुपैयाँ उपहारमा जित्ने मौकासम्म



काठमाडौं । नेपालमा चाडपर्वको मौसम शुरु भएसँगै विशेषत वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुले आफ्नो घरमा पैसा पठाउने गर्दछन् । रोजगारीको खोजीमा लाखौं नेपाली युवाहरु कोरिया, जापानदेखि खाडी तथा मलेसियालगायत विश्वभर पुगेका छन् । जसले नेपालमा रहेका आफ्नो परिवारको लागि नियमितजसो पैसा पठाइरहन्छन । जसलाई हामी रेमिटयान्स पनि भन्छौं । यसरी विदेशमा गएका युवाहरु आफु महान चाड दशैंमा घर आउन नपाएपनि घरपरिवारलाई खुसी पार्न भने आफ्नो पसिना बेचेको पैसा नेपाल पठाउने गर्दछन् ।

नेपालमा विभिन्न रेमिट्यान्स कम्पनीहरुले माध्यमका रुपमा बिदेशबाट आएको रेमिटयान्स सुरक्षित र छिटो परिवारका हातमा पुर्याउन सहजीकरण गर्दै आएका छन् । पछिल्लो समय बढ्दै गएको रेमिट्यान्स कम्पनीहरुको संख्याले वैदेशिक रोजगारीमा गएका नागरिकहरुले पनि आफुले चाहेको र सजिलो रेमिट्यान्स सेवा दिने कम्पनी छनोट गर्ने अवसर पाएका छन् ।

दशैंको समयमा नेपालमा खर्बौ रुपैयाँ रेमिटयान्स भित्रिन्छ । आफु बिदेशमा रहेपनि देशमा रहेका परिवारले रमाइलोसँग दशैं मनाउन सकुन भनेर प्राय नेपालीले दशैंको समयमा नेपाल पैसा पठाउँछन् । यही मौकाको सदुपयोग गर्दै रेमिट्यान्स कम्पनीहरुले आफ्नो कम्पनीको व्यवसाय प्रर्वद्धनका लागि वभिन्न अफरहरु सार्वजनिक गर्ने गरेका छन् । हरेक वर्ष दशैंको समयमा रेमिटयान्स कम्पनीले अफर सार्वजनिक गर्ने गर्छन । यो वर्ष पनि हाल नेपालमा संचालित रेमिट्यान्स कम्पनीहरुले वैदेशिक रोजगारीमा गएका नागरिकलाई आकर्षित गर्ने दशैं योजनाहरु सार्वजनिक गरिसकेका छन् ।

आइएमईको ‘डबलको डबलको डबल अफर’

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई (इन्टरनेसनल मनि एक्सचेञ्च) ले सँधैको दशैंजस्तै यो बर्षको दशैंमा पनि आफरको रुपमा ‘डबलको डबलको डबल अफर’ सार्वजनिक गरेको छ । असोज १ देखि कात्तिक २६ गतेसम्म कूल ५७ दिनका लागि मान्य हुने उक्त अफरमा विदेशबाट रकम पठाउने नागरिकलाई विशेष उपहारको व्यवस्था गरिएको छ ।

आइएमईका अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनसको व्यवस्थासमेत मिलाइएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत् गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

प्रभुको ‘प्रभु छ साथमा नगद छ हातमा’

यो बर्षको चाडपर्वंलाई लक्षित गर्दै प्रभु मनि ट्रान्सफरले पनि ‘प्रभु छ साथमा नगद छ हातमा’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले उक्त अफरमा प्रभु मनि ट्रान्सफरको सेवा लिने ग्राहकहरु यस योजनामा सहभागी भई लाभान्वित हुन सक्ने बताएको छ । उक्त अफर अन्तर्गत प्रत्येक दिन १ जनाले ७ हजार रुपैयाँकादरले रकम जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म कायम रहनेसमेत कम्पनीको भनाई छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको ‘सिटी आयो लखपति बनायो

चाडपर्व नजिकिएसँगै विदेशबाट पैसा पठाउने नेपाली युवाहरुलाई लक्षित गरी सिटी एक्सप्रेसले पनि दशैं अफर सार्वजनिक गरेको छ । ‘सिटी आयो लखपति बनायो’ नामक उक्त अफर अन्तर्गत कम्पनीले आफ्नो सेवा प्रयोग गर्ने सेवाग्राहीलाई हरेक दिन एक जनालाई १० हजार रुपैयाँ दिने बताएको छ । असोज १ गतेदेखि कार्तिक ३० गते ६१ दिनसम्म चल्ने यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, हरेक महिना ५ जनालाई १÷१ लाख गरी २ महीनासम्म १० जना लखपति बन्ने कम्पनीले बताएको छ । १ असोजमा शुरू हुने योजना ३० कात्तिकसम्म चल्नेछ । यो अवधिमा सिटी एक्सप्रेस मार्फत देश, विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा समेटिने कम्पनीको भनाई छ ।

वेस्टर्न युनियनको ‘क्यासउत्सव’

दशैं तिहारकै अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘क्यासउत्सव’ प्रबद्र्धन योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त योजनामा ग्राहकहरुले असोज १ गतेदेखि कात्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् । कम्पनीको यो प्रबद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्टहरु एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार रुपियाँ जित्न सक्नेछन् । यस बाहेक, प्रबद्र्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ । हाल नेपाल राष्ट्र बैंकबाट विभिन्न ११ कम्पनीले रेमिट्यान्स सेवा प्रदान गर्नेगरी अनुमति लिएका छन् । त्यसबाहेक विभिन्न बैंकहरुले पनि रेमिट्यान्स सेवा प्रदान गर्ने गरेका छन् ।

इसेवाको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’

इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ । यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढि एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ । यस योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभि र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

आई पेको ‘आई पे आयो, दक्षिणा पायो’

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि अई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरूलाई दक्षिणा स्वरुप ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप १ लाख प्राप्त गर्नेछन् ।

वल्र्ड रेमिटबाट रकम पठाउँदा ४०० बोनस

एनआईसी एशिया बैंकले दसैँको अवसरमा वल्र्ड रेमिटबाट एनआईसीको खातामा रकम पठाउँदा खातावालालाई ४०० बोनस दिने भएको छ । बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि दसैँको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वल्र्ड रेमिट मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा ४०० बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो । २०७८ आश्विन ११ देखि कात्र्तिक १० सम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिने छ । ४०० बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL