Logo

दशैंका लागि नयाँ नोट असोज चारदेखि साटन सकिने, सर्वसधारणले यसरी सहजै पाउन सक्छन नयाँ नोट

दशैंका लागि नयाँ नोट असोज चारदेखि साटन सकिने, सर्वसधारणले यसरी सहजै पाउन सक्छन नयाँ नोट



काठमाडौं । यसपटकको दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीका लागि तयारी पूरा गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार दशैका लागि बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट पठाइएको छ ।

राष्ट्र बैंकले कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित नयाँ नोट पठाइएको जानकारी दिएको छ।

सर्वसाधारणले आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले बताएको छ । बैंकका अनुसार दशैं एक व्यक्तिले रु ५,रु १०,रु २०,रु५० र रु१०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने छन् ।

नोट सटहीका लागि काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL