Logo

सर्वोत्तमको सेयरमा चन्द्र ढकालको नाम जोडेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण, संचारमाध्यमलाई सत्यतथ्य बुझ्न आग्रह

सर्वोत्तमको सेयरमा चन्द्र ढकालको नाम जोडेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण, संचारमाध्यमलाई सत्यतथ्य बुझ्न आग्रह



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको संस्थापक सेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा समाचार आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७÷०८÷३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उनले बोर्ड बैठकमा मिति २०७७÷१०÷११ देखिमात्र उपस्थिति रहेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवाद जोडिनु गलत भएको महासंघको ठहर छ ।

‘महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै झण्डै दुई महिना अगाडि मिति २०७७÷०८÷१४ मा गरिएको सेयर कारोबारकोे विषयलाई जोड्नु गलत हो,’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाल विभिन्न संचार माध्यममा आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पुर्याउने हुँदा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन महासंघ आग्रह समेत गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL