Logo

नेपाल टेलिकमद्धारा एक हजार किलोमिटर बढी अप्टिकल फाइबर विस्तार, देशैभर कहिले पुग्छ ?

नेपाल टेलिकमद्धारा एक हजार किलोमिटर बढी अप्टिकल फाइबर विस्तार, देशैभर कहिले पुग्छ ?



काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा गरी १ हजार ६ किलोमिटर लामो अप्टिकल फाइवर नेटवर्क विस्तार गरेको छ । नेपालका प्रत्येक जिल्लाका जिल्ला सदरमुकामसम्म सूचना महामार्ग विस्तार गर्नेगरी हालसम्म नेपाल टेलिकमले उक्त क्षेत्रमा ब्याकबोन नेटवर्क विस्तार गरेको हो ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणका अनुसार टेलिकमले गत असार मसान्तसम्म प्रदेश १, २ र बागमती प्रदेशका प्रायः जिल्लाहरुमा नेटवर्क विस्तार गरिसकेको छ । उक्त क्षेत्रको २ हजार १ सय ७९ किलोमिटर क्षेत्रमा विछ्याउनुपर्ने अप्टिकल फाइवरको करिव आधा काम सकिएको प्राधिकरणले जानकारी दिएको छ ।

सरकारले देशैभर करिव ६ हजार ३ सय ३१ किलोमिटर क्षेत्रमा अप्टिकल फाइवर विछ्याउने योजना बनाएको छ । हालसम्म रेडियो लिंकमार्फत सेवा प्रवाह भईसकेका विभिन्न ग्रामिण भेगमा अप्टिकल फाइवर विछ्याएको खण्डमा त्यहाँका स्थानीयले राजधानीमा पाईने जत्तिकै सेवा पाउने बताईएको छ ।

टेलिकमले पूर्वी जिल्लामा विछ्याउनुपर्ने बाँकी अप्टिकल फाइवरको काम पनि धमाधम भईरहेको जानकारी दिएको छ । टेलिकमका अनुसार पछिल्लो समय फैलिएको कोरोना महामारी र यसले निम्त्याएको निषेधाज्ञाका कारण केही असन्तुलन भएपनि काम भने निरन्तर चलिरहेको छ ।

हालसम्म नेपालका पहाडी तथा हिमाली प्राय जिल्लाहरुमा रेडियो लिंकबाटै दूरसंचार सेवा पुर्याउने काम हुँदै आएको छ । जसका कारण बेलाबेलामा प्रयोगकर्ताको संख्या अनुसार सेवाको गुणस्तरले काम नगर्ने समस्या बाँकी नै छ ।

हाल यस्ता जिल्लामा फोरजीको विस्तार गरिएपनि भनेबमोजिम विभिन्न समस्याका कारण सेवा प्रयोग गर्न नपाएको गुनासो बढ्दै गएको छ । यस्तै फोरजीकै कारण भ्वाईस सेवामा पनि पछिल्लो समय गुणस्तरसम्बन्धी गुनासो बढ्ने गरेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले देशैभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने गरी ग्रामीण दूरसंचार विकास कोषको स्थापना गरेको थियो । सोही कोषअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरहुकामहरुलाई अप्टिकल फाइवरसँग जोड्ने यो परियोजनामा नेपाल टेलिकम, युनाईटेड टेलिकम र स्मार्ट टेलिकमले जिम्मा पाएका थिए ।

हालसम नेपाल टेलिकमले आफुले पहिलो चरणमा पाएको प्रदेश १, २ र बागमती प्रदेशमा काम गरिरहेको छ भने प्याकेज २ अन्तर्गतको गण्डकी र लुम्बिनी प्रदेशमा भने काम ठप्प छ । हालसम्म शून्य काम भएको उक्त स्थानमा अप्टिकल फाइवर विछ्याउने जिम्मा युनाईटेड टेलिकमले पाएको थियो । तर, युनाईटेड टेलिकमको सर्वाेच्च अदालतमा मुद्दा परिरहेकाले त्यहाँको काम ठप्प छ ।

साथै प्याकेज ३ अन्तर्गत पर्ने कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अप्टिकल फाइवर विछ्याउने जिम्मा नेपाल टेलिकमले नै लिएको छ । उक्त क्षेत्रमा यसअघि स्मार्ट टेलिकमले अप्टिकल फाइवर विछ्याउने जिम्मा पाएपनि भनेबमोजिम समयमै काम नगरेको भन्दै उक्त जिम्मा स्मार्टबाट खोसेर टेलिकमलाई सुम्पिएको थियो ।

हाल टेलिकमले कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइवर विछ्याउनका लागि एडीएसएसको सम्झौता भई डिटेल टाइमलाईन स्विकृत भएको र डिटेल सर्भे सम्पन्न भई डिटेल इम्प्लिमेन्टेसन प्लान स्वीकृतिको चरणमा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL