Logo

नेपाल टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा, सेवासुविधा र वृत्तिविकासको माग

नेपाल टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा, सेवासुविधा र वृत्तिविकासको माग



काठमाडौँ । कर्मचारीको सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् ।

laxmi

साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतःअवकाश हुने ९क्यापिङ० सम्बन्धी व्यवस्था यथावत राख्नुपर्ने लगायत ३२ सुत्रीय माग प्रस्तुत गर्दै कर्मचारी यही साउन ५ गतेदेखि धर्ना दिँदै आएका हुन् ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम वकर्स युनियन र नेपाल टेलिकम युनियन कर्मचारी युनियनको अगुवाइमा शुरु गरिएको सो धर्नामा सहभागीले टेलिकम सञ्चालक समितिको २०७० साल साउन ६ गतेको निणयानुसार प्रत्येक तीनरतीन वर्षमा नेपाल राष्ट्र बैंकको प्राइज इनडेक्स बमोजिम समायोजन हुनुपर्ने महँगी भत्ता समायोज गरी लागू गर्न पनि अनुरोध गरेका छन् ।

नेपाल टेलिकम वकर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले कम्पनीको संस्थागत सुधार, कर्मचारीको वृत्तिविकास र ट्रेड युनियनको अधिकारबारे व्यवस्थापन तथा सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दा समेत सम्बोधन नभएपछि कर्मचारीले सङ्घर्षका कार्यक्रम गर्नुपरेको जानकारी दिए । उनले वार्ताका लागि मात्रै भन्दा अर्थपूर्ण वार्ताका लागि सम्बन्धित निकायसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL