Logo

सेयर विवादबारे नेप्सेलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टिकरण, ३ दिनभित्र जवाफ दिन निर्देशन

सेयर विवादबारे नेप्सेलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टिकरण, ३ दिनभित्र जवाफ दिन निर्देशन



काठमाडौं । पछिल्लो सेयर विवादसँग सम्बन्धित रहेर मिडियामा आएको विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण सोधेको छ । बुक विल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा नेप्सेका प्रमुख कार्यकारी निर्देशक चन्द्रसिंह साउनको नाम जोडिएपछि अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

laxmi

मन्त्रालयले नेप्सेलाई पत्र काट्दै सो विषयमा सत्य तथ्य के हो ? सोको स्पष्ट र तथ्यापरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराईदिन निर्देशन दिएको छ । मन्त्रालयले धितोपत्र बोर्डलाई पनि बिहीबारै स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL