Logo

गत आवमा १ खर्ब ५१ अर्ब रुपैंयाँ बीमा शुल्क संकलन, साढे २२ अर्ब मागदावीको भुक्तानी दिन बाँकी

गत आवमा १ खर्ब ५१ अर्ब रुपैंयाँ बीमा शुल्क संकलन, साढे २२ अर्ब मागदावीको भुक्तानी दिन बाँकी



काठमाडौं । गत आर्थिक बर्षमा कुल बीमा शुल्क बढेको छ । बीमा समितीका अनुसार यही साउन एक गते शुक्रबार सबै जीवन बीमा कम्पनी र निर्जिवन बीमा कम्पनीहरुमा स्थलगत अनुगमन हुंदा प्राप्त भएको तथ्यांकबाट गत आर्थिक बर्षमा कुल बीमा शुल्कमा बृद्धि भएको देखिएको हो ।

गत आर्थिक बर्षमा २०७७–०७८ मा जीवन बीमा कम्पनीहरुबाट कुल एक खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जिवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कुुल एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैंयााँ बीमा शुल्क संकलन भएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७६–०७७ को तुलनामा आर्थिक बर्ष २०७७–०७८ मा जीवन बीमा तर्फको कुुल बीमा शुल्कमा २८ दसमलव ७१ प्रतिसत र निर्जिवन बीमा तर्फको कुुल बीमा शुल्कमा १५ दसमलव ३५ प्रतिसतले बृद्धि भएको छ ।

यसैगरी गत आर्थिक बर्षमा जीवन बीमातर्फ १५ हजार नौ सय ६४ वटा बीमालेखको जम्मा दुई अर्ब २५ करोड दुई लाख र निर्जिवन बीमा तर्फ ८६ हजार चार सय ४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको देखिएको छ ।

यस्तै गत आर्थिक बर्षमा जीवन बीमातर्फ नौ अर्ब ८८ करोड १४ लाख ६३ हजार तीन सय ३१ वटा बीमालेखहरु व्यतित भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL