Logo

रोटरी ई–क्लवको नवौं निर्देशक परिषद गठन, अध्यक्षमा अरविन्द महर्जन चयन

रोटरी ई–क्लवको नवौं निर्देशक परिषद गठन, अध्यक्षमा अरविन्द महर्जन चयन



काठमाडौं । रोटरी ई–क्लवको नवौ अध्यक्षमा रोटरीयन अरविन्द कुमार महर्जन नियुक्त भएका छन् । शनिबार काठमाडौंमा आयोजित रोटरी ई–क्लवको नवौं प्रतिस्थापन दिवसमा उनलाई नयाँ अध्यक्षको रुपमा चयन गरिएको हो ।

१ सय १३ औं रोटरी ईक्लवले शनिवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच रोटरी ई(क्लब अफ नेपाल, डिस्ट्रिक्ट ३२९२ नवौँ प्रतिस्थापन दिवस मनाएको छ । यसका साथै रोटरी डिस्ट्रिकट ३२९२ का गभर्नर रोटेरीयन सन्तोष प्रसाद रिजालको प्रमुख आतिथ्यमा रोटरी ई–क्लब अफ नेपाल, डिस्ट्रिकट ३२९२ ले रोटेरीयन अरविन्द्र कुमार महर्जनलाई नवौँ अध्यक्षका रुपमा चयन गर्दै उनको नेतृत्वमा नयाँ निर्देशक परिषद गठन गरेको हो ।

जसमा रोटेरीयन सुरज महर्जन, पुर्व अध्यक्ष, रोटेरीयन रोशन महर्जन, आगामी वर्षको अध्यक्ष, रोटेरीयन कुसुम तामांग पौड्याल, मनोनित अध्यक्ष, रोटेरीयन राज श्रेष्ठ, उपाध्यक्ष, रोटेरीयन रविन मान बज्राचार्य, सचिव, रोटेरीयन युगल बज्राचार्य, कोषाध्यक्ष, रोटेरीयन संजीव उदास, निर्देशक, रोटेरीयन दिपेन्द्र तन्डुकार, निर्देशक, रोटेरीयन निरन्जन श्रेष्ठ, निर्देशक, रोटेरीयन सुनिल डंगोल,रोटेरीयन महेश बज्राचार्य, क्लब प्रशिक्षक, रोटेरीयन रबिन्द्र महर्जन, सुचना संचार तथा प्रविधि, रोटेरीयन कन्चन तामांग, सम्पादक रहेका छन भने रोटेरीयन अनिल श्रेष्ठ, संस्थापक अध्यक्ष र रोटेरीयन उत्तम पौड्याल, सर्जेन्ट ईंन आर्म चयन भएका छन् ।

साथै रोटरी ई–क्लब अफ नेपाल, डिस्ट्रिकट ३२९२ ले स्थापना गरेको रोटर्याक्ट क्लब अफ मेट्रोपोलिसले आफ्नो क्लबको छैठौं अध्यक्षको सपथ ग्रहणको कार्यक्रमसंगै क्लबको छैठौँ प्रतिस्थापन वर्ष पनि सम्पन्न गरेको छ ।

उक्त क्लबले हालसम्म सामाजिक सेवाको क्षेत्रमा विभिन्न कामहरु गर्दै आईरहेको छ । विसं २०७२ सालको भूकम्पमा यस क्लबले पुनःनिर्माण र राहतमा विशेष भूमिका खेलेबापत अन्तरास्ट्रिय रोटरीबाट ‘विशेष पुरस्कार’ प्राप्त गरेको थियो। यस क्लबले काभ्रेको दल्सिंगे, भक्तपुरको अनन्त लिंगेश्वर र ललितपुरका विभिन्न स्थानहरुमा अस्थायी बसोबासको व्यवस्था तथा स्वास्थ्य केन्द्रको स्थापना गरेको छ।

त्यस्तै, शिक्षा विकासमा टेवा पुगोस भन्ने उद्देस्यले विभिन्न सरकारी विद्यालयहरुमा स्कुल ब्याग, स्व।जया लक्ष्मी हाडा स्मृति छात्रवृत्ति आदिबाट आर्थिक सहयोगहरु पनि प्रदान गर्दै आईरहेको छ। समय(समयमा स्वास्थ्य क्याम्पहरुको आयोजना गर्दै स्वास्थ्यको क्षेत्रमा पनि यस क्लब सहभागी हुँदै आईरहेको छ।

रोटरी ई(क्लब अफ नेपाल, डिस्ट्रिकट ३२९२ को सहभागिता रहेको अन्य केहि मुख्य सामाजिक सेवाका आयोजनाहरु पनि गर्दै आएको छ । जसमा पोलियो उन्मुलन, वृक्षरोपण,व्हील चेयर सहयोगलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL