Logo

पर्यटन बोर्डको सीईओमा जोशी,चार वर्षे कार्यकाल

पर्यटन बोर्डको सीईओमा जोशी,चार वर्षे कार्यकाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दिपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्ड संचालक समितिले उनलाई आझै नियुक्त गरेको हो । उनी पर्यटन बोर्डका बरिष्ठ निर्देशक हुन् ।

झण्डै ५ वर्षपछि बोेर्डले सीईओ पाएको छ । २०६८ कात्तिक १४ गते तत्कालिन सीईओ प्रचण्डमान श्रेष्ठले अवकास पाएपछि बोर्ड सीईओ नियुक्त हुन सकेको थिएन ।

सीईओका लागि बोर्ड ४ वर्ष अघि आवेदन माग गरेको थियो । जसमा १२ जनाको सर्टलिष्ट गरेको थियो । त्यसमध्ये बोर्डका तत्कालिन कायममुकाय सीईओ सुभाष निरौला अख्तियारको कारवाहीमा परेका छन् भने २ जना नेपाल वाहिर रहेका छन् । हाल समितिले ९ जनाबाट अन्तरवार्ता लिएर सीईओ छनौट गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बार्डले उनलाई सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षे हुनेछ ।

९ जनामध्ये अन्तिम प्रतिस्पर्धामा जोशी सहित ज्ञानेश्वरप्रसाद महत्तो र ज्ञानेन्द्ररत्न तुलाधर चयन भएका थिए । जोशी १५ वर्षदेखि पर्यटन बोर्डमै कार्यरत छन् । ३ जनामध्येमा पनि सवैभन्दा बढी अंक ल्याउने जोशीलाई नियुक्त गरिएको बोर्डले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL