Logo

निरज राइको सभापतित्वमा चेम्वर वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन, यी हुन मनोनित सदस्यहरु

निरज राइको सभापतित्वमा चेम्वर वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन, यी हुन मनोनित सदस्यहरु



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सको वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरिएको छ । चेम्बर कार्य समिति सदस्य निरज राइको सभापतित्वमा नेपाल चेम्वर अफ कमर्स अन्तरगत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरिएको हो ।

उक्त समितिको सह सभापतिमा पबित्र वज्राचार्य तथा सदस्यहरुमा अशोक कुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ तथा राजेन्द्र सीम्खडा मनोनित भएका छन् ।

नव नियुक्त पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गर्दै चेम्वर अध्यक्ष श्री राजेन्द्र मल्लले समितिमा वाणिज्य क्षेत्रमा लामो अनुभव हाशिल गरेका व्यवसायीहरुले प्रतिनिधित्व गरेको जानकारी दिए । उनले व्यवसायीहरुको हक हितको लागि उक्त समितिका सभापति तथा सदस्यहरु मनोनित भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL