Logo

भातीय रेल्वेले ढुवानी भाडा बढायो, प्रतिकण्टेनर साढे ८ हजार बढ्ने

भातीय रेल्वेले ढुवानी भाडा बढायो, प्रतिकण्टेनर साढे ८ हजार बढ्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता

१० मंसिर, काठमाडौं । भारतीय रेलवेले कण्टेनर ढुवानी भाडा बृद्धि गरेको छ । भारतीय कण्टेनर कर्पोरेशन अफ इण्डिया (कन्कर)ले यही नोभेम्बर २४ देखि लाग्ु हुनेगरी मातहत निकायलाई भाडा बृद्धि गरेको जानकारी पठाएको छ ।

कर्पोरेशनले मौजुदा भाडामा १० प्रतिशत बढाएको छ । बृद्धि भएको भाडाको अतिरित्त १० प्रतिशतका दरले जाम शुल्क पनि लिइने कर्पोरेशनको पत्रमा उल्लेख छ । भर्खरै मात्र वीरगञ्जको सुक्खा बन्दरगाह सञ्चालक हिमालयन टमिर्नल प्रालिलाई कार्पोरेशले पठाएको भाडा वृद्धिसम्बन्धी पत्र टमिर्नलले वीरगञ्ज उद्योेग वाणिज्य संघ र आयातकर्तालाई पठाएको छ ।

यसअघि कोलकाता बन्दरगाहबाट प्रतिकण्टेनर ४० हजार भारतीय रुपैयाँ पर्ने भाडा अब ४८ हजार ४ सय पुग्ने भएको छ ।  वीरगञ्ज सुक्खा बन्दरगाहमा महीनामा बढीमा २० ¥याकमा १ हजार ८ सय ओटासम्म  कण्टेनर आउने गरेको छ । बढाइएको भाडा कर्पोरेशनले आउँदो ५ डिसेम्बारबाट लागू हुने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL