Logo

काठमाडौंमा निषेधाज्ञा एक साता थपियो, शर्तसहित सार्वजनिक यातायात खुला

काठमाडौंमा निषेधाज्ञा एक साता थपियो, शर्तसहित सार्वजनिक यातायात खुला



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । कोभिड– १९ नियन्त्रणका लागि गत बैशाख १६ देखि जारी निषेधाज्ञा थप खुुकलो बनाउँदै थप गर्ने निर्णय भएको हो ।

पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ। भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो । सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो। जसअनुसार भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।

सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL