Logo

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट, यस्ता छन् प्रमुख कार्यक्रम

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट, यस्ता छन् प्रमुख कार्यक्रम



काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको छ ।

महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले विहिबार बजेट प्रस्तुत गरकी हुन् ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट ल्याएको उनले बताइन् ।

बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरबासीका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ५० प्रतिशत बिमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL