Logo

संसद विघटनपछि विस्तार भएको मन्त्रिरिषद सर्वाेच्चद्वारा बदर, २० जना मन्त्री पदमुक्त

संसद विघटनपछि विस्तार भएको मन्त्रिरिषद सर्वाेच्चद्वारा बदर, २० जना मन्त्री पदमुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तार बदर भएको छ । सर्वाेच्च अदालतले मंगलबार एक आदेश जारी गर्दै उक्त मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् ।

जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २० जना थप गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL