Logo

किन लगातार बढ्दैछ पेट्रोलियम पदार्थको मूल्य ? के छ अन्तरराष्ट्रिय बजार र नेपालमा प्रभाव ?

किन लगातार बढ्दैछ पेट्रोलियम पदार्थको मूल्य ? के छ अन्तरराष्ट्रिय बजार र नेपालमा प्रभाव ?



काठमाडौं । नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ । नेपाल आयल निगमले पछिल्ला केहि महिनायता पेट्रोलियम पदार्थको मूलय प्रत्येक १५ दिनको फरकमा बढाएर सार्वजनिक गरिहेको छ । जसका कारण गत बर्ष जेठ १६ गते प्रतिलिटर ९६ रुपैयाँ पर्ने पेट्रोल हाल १ सय २५ रुपैयाँ र प्रतिलिटर ८५ रुपैयाँ पर्ने डिजेल र मट्टीतेल हाल १०८ रुपैयाँ पुगेको छ ।

laxmi

निगमको स्वचालित मूल्य समायोजन प्रणालीमार्फत घटबढ हुने पेट्रोलियमको मूल्य अन्तरराष्ट्रिय मूल्यअनुसार समायोजन हुने हो । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेसँगै यसको असर नेपालमा पनि परेको निगमको दाबी छ ।

अन्तरराष्ट्रिय बजारमूल्य

वेस्ट टेक्सास इन्टरमिडियटका अनुसार पछिल्लो १ बर्षमा मात्रै कच्चा तेलको मूल्य प्रतिव्यारेल ३४ डलरले बढेको छ । गत बर्षको जुन १२ तारिखमा प्रतिव्यारेल कच्चा तेलेको मूल्य ३६ दशमलव २६ डलर तोकिएको थियो । तर, आज बजारमा यसको मूल्य बढ्दै ७० दशमलव ९१ डलर पुगेको छ।

अन्तरराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि असर परेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय बताउँछन् । यता विश्वका तेल निर्यात गर्ने देशहरुले सन २०२० मा कोरोनाबाट प्रभावित विश्व अर्थतन्त्रलाई सन्तुलित गर्न भन्दै तेलको निर्यातमा कटौटी गरेका थिए । विश्वव्यापी रुपमा लकडाउनका कारण खपत नै कम भएपछि कच्चा तेलको मूल्य प्रतिव्यारेल १९ डलरसम्म झरेको थियो ।

तर, पछिल्लो समय तेलको उत्पादनलाई विस्तारै पुरानै अवस्थामा फर्काइरहेका तेल उत्पादक राष्ट्रहरुले मूल्यमा पनि केही घटबढ गरिरहकै छन् । सोहीअनुसार कोरोना प्रभावपछि अर्थतन्त्र चलायमान हुँदा र आर्थिक क्षेत्रहरु खुलेपछि पेट्रोलियमको माग पनि बढेको छ ।

यसरी कटौती गरिएको तेलको उत्पादन विस्तारै बढाएयता माग र खपत बढी भएपछि अन्तरराष्ट्रिय बजारमै तेलको मूल्य बढिरहेको छ । तर आगामी दिनमा तेल उत्पादनमा गरिएको कटौती पूर्ण रुपमा अन्त्य भएर उत्पादन पूरानै महामारी पहिलेकै अवस्था फर्किएसँगै तेलको मूल्यमा आगामी दिनमा ठूलो वृद्धि नहुने विज्ञहरुको आँकलन छ ।

नेपालमा पेट्रोलियमको मूल्य

नेपालमा पेट्रोलियम पदार्थको उत्पादन हुँदैन । नेपालमा खपत हुने, खाना पकाउने ग्याँस, पेट्रोल, डिजेल, मट्टीतेल, हवाई ईन्धनलगायत सबै पेट्रोलियम पदार्थ भारतबाट प्रशोधन भएर तयारी अवस्थामा नेपाल आइपुग्छ । जसका कारण नेपालमा पेट्रोलियम पदार्थको मूलय भारतले तय गर्ने मूल्यमा आधारित हुन्छ ।

यसरी भारतबाट आउने पेट्रोलियम पदार्थमा सरकारले प्रशोधित तेलको ५० प्रतिशत बढी विभिन्न करहरु समावेश गरेको हुन्छ । अर्थात भारतबाट ६३ रुपैयाँ प्रतिलिटरमा आउने पेट्रोलको मूल्यमा नेपाल सरकारले निर्धारण गरेको ५९ रुपैयाँ १ पैसा कर जोडिन्छ ।

यसरी कर जोडिँदा खरिद मूल्यभन्दा बढि मूल्य तिरेर उपभोक्ताहरु उपभोग गर्न बाध्य छन् । तर, निगमले भने अन्तरराष्ट्रिय बजारबाट मूल्य बढेर आएपछि निषेधाज्ञाकै बीच २ पटक मूल्य बढाउँदा पनि अझै निगमलाई भने पाक्षिक १ अर्ब ५० करोड रुपैयाँ घाटा व्यहोरिरहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL