GBIME

प्रधानन्यायाधीश राणाद्वारा संबैधानिक इजलास पुनर्गठन, कुन-कुन न्यायाधीश भए समावेश ?


बिजखबर संवाददाता
6 June, 2021 11:32 am

Cholendra-Shumsher-JB-Rana

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ । यस अघि इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।

Bajaj
NABIL
YAMAHA

आइतबारको सुनुवाईका लागि प्रधानन्यायाधीश रानाले वरिष्ठताको आधारमा गठन गरेका छन् । आजको इजलासमा प्रधानन्यायाधीश राणासहित वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन् ।

वरिष्ठताको आधारमा न्यायाधिश हरिकृष्ण कार्की हुनुपर्ने भएपनि न्यायाधीश कार्की यसअघि केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री कार्यकालमा महान्यायाधिवक्ता भएकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलास छोडेका थिए भने आजपनि उनी बसेका छैनन् ।

sarbottam

वरिष्ठताकै क्रमकै न्यायाधीश विश्वम्भर श्रेष्ठ रहने भएपनि उनी अस्वस्थ रहेकाले इजलासमा नराखिएको बताइएको छ । यसअघि इजलास गठनकै विषयमा बहस भएकाले आजदेखि रिटकै विषयवस्तुमा बहस हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

MBL