Logo

पाँच सय शैयाको केन्द्रीय कोरोना अस्पताल बनाउने सरकारको निर्णय

पाँच सय शैयाको केन्द्रीय कोरोना अस्पताल बनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले वीर अस्पतालको नयां भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयां भवनलाई ५ सय शैयाको ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने निर्णय गरेको हो ।

laxmi

उक्त अस्पतालले देशभरिका कोरोना अस्पतालको नेतृत्व गर्ने उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए । बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा उपलब्ध स्रोत अधिकतम प्रयोग गर्ने निर्णय समेत गरेको छ । बैठकमा कोभिड संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिने कार्यक्रम छ ।

सअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोरोना विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो । महत्वपूर्ण राजनीतिक निर्णय हुनसक्ने अनुमान विपरित बैठकमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पताल व्यवस्थापनबारे छलफल केन्द्रित भएको र अरु निर्णय नभएको जानकारी उनले जानकारी दिए ।

सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो ।

‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समीक्षा भएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL