Logo

एसटिएमको अनुमतीपत्र रद्द, ३४ जिल्लामा सेवा कटौती

एसटिएमको अनुमतीपत्र रद्द, ३४ जिल्लामा सेवा कटौती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एसटिएम टेलिकम सञ्चार प्रणालीको अनुमतीपत्र  रद्द गरेको छ ।

चौधरी ग्रूपले एक वर्ष अघि शेयर स्वामित्व लिएको एसटीएम सञ्चार प्रालिलाई प्रदान गरिएको लिमिटेड मोविलिटी सर्भिस बेस्ड अन वायरले टेलिकम्युनिकेशन सेवाको नविकरण नगरेको भन्दै अनुमतिपत्र  गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

प्राधिकरणले कम्पनीलाई २०६७ मंसिर १ गते ३४ जिल्लामा सो सेवा सञ्चालनको अनुमतीपत्र प्रदान गरेको थियो ।

नविकरण दस्तुर सहित निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्रहरु दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) वमोजिम मिति २०७२।०८।०९ देखि लागू हुने गरी स्वतः रद्द भएको उनले जानकारी दिए ।

प्राधिकरणले गोरखा, लमजुङ, दाङ, काभ्रेपलाञ्चोक, मकवानपुरलगायत ३४ जिल्लामा प्रदान गरिएको सेवाको अनुमतीपत्र रद्द गरेको हो । दुरसञ्चार  प्राधिकरणका अनुसार अहिले एसटीएमका २ हजार ९ सय ८७ ग्राहक छन् । जसमध्ये पिएसटीएनका २ हजार ८ सय ३२ छन् भने एलएमएस प्रणालीका १ सय ५५ ग्राहक  हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL