Logo

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दैं, सरकारमाथिको संकट टार्ने उपाय कि राष्ट्रिय मुद्दामा होला छलफल ?

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दैं, सरकारमाथिको संकट टार्ने उपाय कि राष्ट्रिय मुद्दामा होला छलफल ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । सरकारी निवास बालुवाटारमा बस्ने सर्वदलीय बैठक आज ११ बजेदेखि शुरु हुने बताइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । ओली नेतृत्वको सरकार ढाल्ने विषयमा प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएको छ भने, प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ ।

कोरोना संक्रमण बढिरहेको सन्दर्भमा विद्यालय तथा भीडभाडका क्षेत्र बन्द गर्न सरकारले आग्रह गरिरहेको समयमा सो सम्बन्धमा पनि छलफल हुने सम्भावना रहेको बताइएको छ । सर्वदलीय बैठकले राष्ट्रिय मुद्दाहरुमा छलफल गर्नुपर्ने भएपनि धेरैजसो बैठक भने पछिल्लो समय राजनीतिक विषयमा सीमित हुादै आएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL