Logo

दोहोरो कर हटाउन चीनको आनाकानी, अझै छलफल जारी

दोहोरो कर हटाउन चीनको आनाकानी, अझै छलफल जारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पेट्रोलियम आयातका लागि दोहोरो कर हटाउने विषयमा कुरा नमिल्दा चीनसँगको इन्धन सम्झौता अन्योलमा परेको छ ।

नेपाल सरकारले इन्धन ल्याउँदा लाग्ने कर छुट गर्न गरेको प्रस्ताव चीनले आनाकानी गरेपछि सम्झौता अन्योलमा परेको आयल निगम स्रोतले बताएको छ । दोहोरो कर हटाउने विषयमा चीन सकारात्मक नदेखिएको आयाल निगम स्रोतले जानकारी दिएको छ ।

यता नेपाल आयाल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने त्यसम्वन्धमा छलफल भइरहेको बताएका छन् । ‘दोहोरो कर हटाउने विषयमा चिनियाँ पक्षसँग चीनका लागि नेपाली राजदुत महेश मास्केले छलफल गरिरहेको छन्,’ उनले भने, ‘केही दिनभित्रै यस विषयमा ठोस निणर्य आउने छ ।

दोहोरो कर नहटाएको अवस्थमा चीनबाट तेल ल्याउँदा भारतबाट भन्दा प्रतिलिटर १३ रुपैयाँ महँगो पर्छ । त्यस्तै नेपाल भित्र्यादा भन्सारमा पनि कर तिर्नुपर्छ ।
नेपालबाट चीनसँग इन्धन सम्झौता गर्न शुक्रबार सरकारी टोलि त्यसतर्फ जाने भनिएपनि हालसम्म गएका छैन्न ।

चीनमा सार्वजनिक विदा परेकोले ढिलाई भएको निगमले बताउँदै आएको छ । व्यावसायिक सम्झौतापछि नेपालले चीनबाट पेट्रोल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL