Logo

५ अंकले बढ्यो नेप्से, २१ करोडको कारोवार

५ अंकले बढ्यो नेप्से, २१ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ९९ अंकमा पुगेर बन्द भएको छ ।

बुधवार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी १२ अंकले उकालो लागेको छ । सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको सुचक ८, विकास बैंक ४ दशमलव ३९, अन्य १ दशमलव १७ र फाइनान्स समुहको परिसुचक ० दशमलव ८३ अंकले बढेको छ ।

यता उत्पादन, होटल तथा जलविद्युत समुहको परिसुचक भने क्रमशः २४ दशमलव ९१, १३ र ४ दशमलव ७१ अंकले ओरालो लागेको छ ।

सो दिन १ सय ११ कम्पनी कारोवारमा आएक थिए । ती कम्पनीको ४ लाख ७० हजार कित्ता सेयरबाट २१ करोड ४६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL