Logo

९ अंकले घट्यो नेप्से, १५ करोडको कारोवार

९ अंकले घट्यो नेप्से, १५ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको आइतवार सेयर बजार ९ अंकले ओरालो लागेको छ । सो दिन बजार १ हजार १ सय अंकमा झरेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएका सवै समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २७ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक २०,अन्य १२ दशमलव ९२ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुह ८ दशमलव ८८ अंकले घटेको छ ।

त्यसैगरी विकास बैंक, होटल र फाइनान्स समुहको परिसुचक क्रमशः ७ दशमलव३, ४ दशमलव ९८ र ० दशमलव ५२ अंकले घटेको छ । सो दिन ९४ कम्पनी कारोवारमा आएका थिए ।

२ लाख ३१ हजार कित्ता सेयरबाट  १५ करोड बराबरको कारोबार भएके छ ।

प्रतिक्रिया दिनुहोस्
MBL