Logo

समाज लघुवित्तको आइपीओ सूचीकृत, यसकारण तत्काल कारोबार नहुने

समाज लघुवित्तको आइपीओ सूचीकृत, यसकारण तत्काल कारोबार नहुने



काठमाडौं । लामो समयदेखि रोकिएको समाज लघुवित्तको २ लाख कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकरण गरिएको छ ।

laxmi

तर, समाज लघुवित्त स्वस्तिक लघुवित्तसँग मर्जमा जाने निर्णय गरेकाले यसको अहिले दोस्रो बजारमा कारोबार भने हुने छैन ।

मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएपछि मात्र यसको नेप्सेमा सेयर कारोबार खुला हुनेछ । समाजले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो ।

सोमबार मात्रै समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय एक आपसमा मर्ज हुने सम्झौतामा हस्ताक्षर गरेका हुन् । सोही कारण समाजको सेयर कारोबार दोस्रो बजारमा कारोबारमा नआउँदै रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL