Logo

नेप्से बजार स्थिर,१२ करोड ५१ लाखको कारोवार

नेप्से बजार स्थिर,१२ करोड ५१ लाखको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ चैत,काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से बजार करिव स्थिर रहेको छ । आइतवार नेप्से परिसुचक ० दशमलव १ अंकले घटेर ९ सय ४२ अंकमा पुगेको छ ।

सो दिन होटल समुहको परिसुचक २२ दशमलव ६८ अंकले सबैभन्दा बढी बढेको छ भने बैंकिङ समुहको परिसुचक सवैभन्दा बढी २ दशमलव ६१ अंकले घटेको छ । त्यस्तै विकास बैंक २ दशमलव ०५, जलविद्युत १ दशमलव २४ र फाइनान्स समुहको सुचक १ दशमलव ६५ अंकले ओरालो लागेको छ ।

यता बीमा तथा अन्य समुहको परिसुचक भने ११ दशमलव १२ र ९ दशमलव ४ अंकले उकालो लागेको छ । आइतवार सेयर बजारमा १२ करोड ५१ लाख रुपैयाँको कारोवार भएको छ ।

१ सय २० कम्पनीको ३ लाख ११ हजार कित्ता सेयर किनवेच भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL