Logo

उतार चढावकाबीच उकालो लाग्यो नेप्से, परिसुचक बढेपनि बढेन कारोबार

उतार चढावकाबीच उकालो लाग्यो नेप्से, परिसुचक बढेपनि बढेन कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक १८ दशमलब ६९ अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्ततः १३ सय १५ दशमलब १३ अंकमा पुगेर बन्द भएको हो ।

सो दिन परिसुचक बढेपनि कारोबार रकम बढेको छैन । यसले अझैपनि लगानीकर्ताले ढुक्कसँग लगानी गर्न नसकेको देखाएको छ ।

बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लागेको छ । सो दिन बीम समुहको परिसुचक सबैभन्दा बढी १६१ दशमलब ४३ अंकले बढेको छ ।

त्यस्तै जलविद्युत ३० दशमलब ७३,माइक्रोफाइनान्स २५ दशालम ६४, होटल २४ दशमलब ५६ र विकास बैंक १९ दशमलब ९१ अंकले उकालो लागेको हो ।

सो दिन सेयर बजारमा बढी प्रभाव रहने बैंकिङ समुहको परिसुचक सबैभन्दा बढी १५ दशमलब ५५ अंकले बढेको छ । त्यसैगरी फाइनान्स, अन्य र ट्रेडिङ समुहको परिसुचक क्रमशः ५ दशमलब ३३, ३ ,३ अंकले उकालो लागेको छ ।

यता उत्पादन समुहको परिसुचक भने २ दशमलब ३९ अंकले ओरालो लागेको छ ।

बुुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी २ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । लगानीकर्ताले
सो दिन १५८ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ४२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL