Logo

४ अंकले घट्यो नेप्से, कारोवारमा पनि गिरावट

४ अंकले घट्यो नेप्से, कारोवारमा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

६ फागुन,काठमाडौं । बुधवार नेप्से परिसुचक ४ दशमलव ४० अंकले घटेको छ । बजार खुलेको केही समय उकालो लागेको सेयर बजार अन्नत ९ सय ८२ अंकमा पुगेर बन्द भएको हो ।

बुधवार जलविद्युत समूहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव १९ अंकले घटेको छ । त्यस्तै विकास बैक समूहको परिसुचक ७ दशमलव ३७ अंकले घटेको छ । सेयर बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंक समूहको परिसुचक ३ दशमलव ५३ अंकले घटेको छ । त्यसैगरी होटल समूहको परिसुचक ४ दशमलव ९, जलविद्युत ३९ दशमलव १९, फाइनान्स १ दशमलव ०८र बीमासमूहको ५ दशमलव ६८अंकले घटेको छ ।

यता ट्रेडिङ कम्पनीको परिसुचक भने ० दशमलव ८५ अंकले बढेको छ ।

बुधवार १ सय ५२ कम्पनीको सेयर किनबेचबाट २७ करोड ७८ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL