Logo

त्रिशक्ति सेक्युरिटिज डीजीहबको अत्याधुनिक एयर ट्रेडमा, आगामि हप्तादेखि लगानीकर्तालाई नयाँ टीएमएस प्रणाली

त्रिशक्ति सेक्युरिटिज डीजीहबको अत्याधुनिक एयर ट्रेडमा, आगामि हप्तादेखि लगानीकर्तालाई नयाँ टीएमएस प्रणाली



काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ । अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा त्रिशक्ति सेक्युरिटिजले आफ्नो टीएमएसलाई जोड्ने भएको हो ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको त्रिशक्ति सेक्युरिटिजले आगामि हप्तादेखि डीजीहबको एयर ट्रेडअन्तरगत आफ्नो कारोबार गर्नेछ । त्रिशक्ति सेक्युरिटिजले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आगामि हप्तादेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

हाल त्रिशक्ति सेक्युरिटिजमा करिव २ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आगामि हप्तादेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।

जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषताहरु

१ मोबाईल भर्सन
२ वेब भर्सन
३ डेस्कटप भर्सन रहेको छ ।

अन्य अपरेसनल बिशेषताहरु

१ सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर
लाई भनी राख्नु नपर्ने ।
२ आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने ।
३ एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने ।
४ अर्डर बास्केट ।
५ आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने ।
६ रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने ।
७ सजिलो र छिटो अर्डर राख्न सकिने ।
८ आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने ।
९ लिन्क एन्ड डक फिचर्स भएको ।
१० मल्टी विन्डो फिचर्स भएको ।
११ मल्टी एक्सचेन्ज फिचर्स भएको ।
१२ सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट
लगिनको ब्यबस्था भएको

प्रतिक्रिया दिनुहोस्