Logo

ग्लोबल आइएमई क्यापिटलबाट सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, विद्यार्थीलाई शेयर लगानीबारे प्रशिक्षण

ग्लोबल आइएमई क्यापिटलबाट सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, विद्यार्थीलाई शेयर लगानीबारे प्रशिक्षण



काठमाडौं। विश्व मुद्रा सप्ताह–२०२४को अवसरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले देशका सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

laxmi

सप्ताह अवसरमा ग्लोबल आइएमई क्यापिटलले प्लस २ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी एवं वैदेशिक रोजगारीको लागि विदेशी भाषा शिक्षा अध्ययन गर्ने युवा युवतीहरूलाई लक्षित गरी चैत्र ५ गतेदेखि ९ गतेसम्म देशका सातवटै प्रदेशमा देहाय बमोजिम लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोे हो।

विश्व वित्तीय सप्ताह खासगरी विद्यार्थी तथा युवा युवतीमा अनावश्यक खर्च कटौती गरी बचत गर्ने बानी बसाल्ने तथा वित्तीय शिक्षाको महत्व बुझाउने उद्देश्यले ओईसीडी/आइएनएफईको संयोजन तथा नेपाल राष्ट्र बैंकको अनुरोधमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ।

उक्त सबै कार्यक्रमहरूमा क्यापिटलका पदाधिकारीहरूले पूँजी बजार सम्बन्धी प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरूले खासगरी बचत तथा लगानी बीचको फरक, मर्चेन्ट बैंकरले गर्ने कार्य, डिम्याट खाता तथा मेरो शेयर सेवा, लगानी व्यवस्थापन सेवा लगायत दोस्रो बजारबारे विस्तारित रूपमा व्याख्या गर्नुका साथै पूँजी बजारको विभिन्न उपकरणहरको अवसर तथा जोखिमको बारेमा प्रकाश पारेका थिए।

सानै उमेरदेखि आफूसँग रहेको पैसालाई एकीकृत गरी पूँजी बजारमा कसरी लगानीे, जोखिम पहिचान, लगानी रणनीति तथा विभिन्न लगानीको अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण गरिएको थियो।

अन्तरक्रियात्मक कार्यक्रमको रूपमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमहरूमा सहभागीहरूको उल्लेख्य उपस्थिति थियो भने कार्यक्रममा सम्बन्धित विद्यालय/कलेजका प्रिन्सिपल तथा स्थानिय निकायका जनप्रतिनिधिहरूले ग्लोबल आइएमई क्यापिटलले विद्यार्थीहरूको लागि पूँजी बजारसँग सम्बन्धित विषयमा साक्षरता कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गदै धन्यवाद दिएका थिए।

ग्लोबल आइएमई क्यापिटलले समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित विषयमा विभिन्न तालीम तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रम मार्फत युवा युवती तथा विद्यार्थीहरूले नेपालको पूँजी बजार सम्बन्धी शिक्षा प्राप्त गरी प्राप्त भएको ज्ञानलाई आगामी दिनमा व्यवहारमा लागू गरी आफनो आम्दानीलाई बचत तथा लगानीको रूपमा प्रयोग गर्ने बानीको विकास हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL