Logo

एक खर्बले घट्यो स्वदेशी लगानी प्रतिवद्धता, वैदेशिक लगानी प्रतिवद्धतामा पनि गिरावट

एक खर्बले घट्यो स्वदेशी लगानी प्रतिवद्धता, वैदेशिक लगानी प्रतिवद्धतामा पनि गिरावट



काठमाडौं । पछिल्लो समय देशमा लगानी प्रतिवद्धतामा ठूलो गिरावट आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा यो बर्षको फागुन मसान्तसम्म आएको स्वदेशी लगानी प्रतिवद्धतामा १ खर्ब ११ अर्ब रुपैयाँको गिरावट आएको हो ।

laxmi

अर्थात गत आर्थिक बर्षको चैत मसान्तसम्म नेपालमा विभिन्न स्वदेशी लगानीकर्ताहरुले २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका थिए । त्यो प्रतिवद्धता यो बर्षको फागुन मसान्तसम्ममा घटेर १ खर्ब ५५ अर्ब रुपैयाँमा सीमित भएको हो । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्ममा १९ परियोजनामार्फत उक्त लगानी प्रतिवद्धता आएको हो । यी परियोजनाहरुले १ हजार ७ सय ११ जनालाई रोजगारी दिने बताईएको छ ।
यता वैदेशिक लगानी प्रतिवद्धताको अवस्था पनि त्यस्तै छ ।

विभागको तथ्यांकलाई नियाल्दा गत आवको चैतको तुलनामा यो आवको फागुनसम्ममा वैदेशिक लगानी प्रतिवद्धता ६ अर्ब ४२ करोड बढीले घटेको छ । अर्थात गत आवको चैत मसान्तसम्म नेपालमा २६ अर्ब १४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । यो बर्षको फागुन मसान्तसम्म भने नेपालमा उक्त प्रतिवद्धता घटेर २० अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ । यस अवधिमा नेपालमा १ सय ५९ परियोजनामार्फत उक्त लगानी प्रतिवद्धता आएको हो ।

यस्तै यस अवधिमा नेपालमा सेयर पर्चेज एग्रीमेन्ट र एसएसएमार्फत १० अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तो लगानी भने नेपालमा संचालित विदेशी लगानीका कम्पनीहरुमा आउने गर्दछ । यसलाई नयाँ परियोजनाको लगानीमा गणना गरिँदैन । यस्तै चालु आवको फागुन मसान्तसम्म नेपालले १ हजार ७ सय ४८ ओटा ट्रेडमार्क, ११ ओटा डिजाईन र ६ ओटा प्याटेन्ट दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL