Logo

१८ प्रतिशतले नाफा बढाएसँगै सेयर बजारमा अब्बल बन्दै टेलिकम, इपीएस बढेर ४६.५६ पुग्यो

१८ प्रतिशतले नाफा बढाएसँगै सेयर बजारमा अब्बल बन्दै टेलिकम, इपीएस बढेर ४६.५६ पुग्यो



काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ मा नेपाल टेलिकमले आफ्नो नाफा वृद्धिमा उल्लेखनीय सुधार ल्याएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को तुलनामा आफ्नो नाफामा १८ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ७ अर्ब १२ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

पछिल्लो समय कम्पनीले ल्याएको फोरजी तथा फाइबर टु दी होम (एफटीटीएच) सेवा प्रभावकारी भएसँगै कम्पनीको नाफा बढ्न पुगेको टेलिकमले जानकारी दिएको छ । साथै पछिल्लो समय टेलिकमको नयाँ सेवाहरु विस्तारका साथै विभिन्न प्याक अफरले समेत नाफामा उल्लेखनीय वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा लगानीकर्तालाई पहिलो पटक बोनस सेयर दिएको टेलिकमको प्रतिशेयर आम्दानीमा समेत वृद्धि भएको छ । लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिएर १८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको कम्पनीको प्रति सेयर अम्दानी बढेर ४६ रुपैयाँ ५६ पैसा पुगेको छ ।

सो अबधिमा कम्पनीको जगेडा तथा कोष समेत बढ्दै ७७ अर्ब रुपैयाँ सञ्चित पुगेको छ भने सो आबको असार मसान्तसमा कम्पनीसँग ५० अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५१३.१३ रुपैयाँ रहेको छ ।

कम्पनीको सर्वधारण सेयरधनीको तर्फबाट अम्बिकाप्रसाद पौडेलेको प्रवेशसँगै लगानीकर्तालाई बोनस सेयर वितरण गरेको टेलिकमले इपीएसमा समेत उल्लेखनीय सुधार गर्दा लगानीकर्ताको रोजाईमा पर्ने सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् । ‘कम्पनीका कर्मचारीले बोनस सेयर वितरणसँगै इपीएस घट्छ भनेर विरोध गरेका थिए,’ एक लगानीकर्ताले भने, ‘तर गत अबमा बोनस सेयर वितरण गरेको टेलिकले इपीएसमा उल्लखनीय सुधार गरेको तथ्यांक सार्वजनिक गरेको छ ।’ व्यवसायीक क्षेत्रमा सफल व्यक्तिको संचालकको रुपमा टेलिकममा प्रवेशसँगै सुधारको संकेत देखिएको ती लगानीकर्ताले जानकारी दिए । अघिल्लो आबमा ३९.६१ रुपैयाँ टेलिकमले वृद्धि गर्दै ४६.५६ रुपैयाँ पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL