Logo

अप्पर तामाकोसी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, १ बराबर १.५ को अनुपात

अप्पर तामाकोसी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, १ बराबर १.५ को अनुपात



काठमाडौं । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी संचालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले अआफ्ना सेयरधनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

laxmi

हालको चुक्ता पुँजी ११ अर्ब रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ पुर्याउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीका अनुसार कति परिमाण वा अनुपातमा निष्कासन गर्ने भन्ने यकिन नभएपनि प्रक्रिया अगाडि बढाइएको छ ।
यस्तै यही मितिमा निष्कासन गर्ने भन्ने टुंगो नलागेको र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यसबारे निकर्योल हुने कम्पनीले जानकारी दिएको छ । कम्पनी सञ्चालक समितिले यस विषयमा निर्णय गरिसकेको र विद्युत् नियमन आयोगबाट समेत वार्षिक साधारणसभामा एजेण्डा लैजान स्वीकृत लिइसकेको जनाइएको छ । सँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत लागि पनि आवेदन दिइएको छ ।

हरेक आर्थिक वर्षको ६ महिनाभित्र अर्थात् पुसभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान रहे पनि कम्पनीको आर्थिक वर्ष २०७८-७९ को साधारणसभा भएको छैन । अब यो वर्ष दुई वर्षको साधारणसभा गरेर हकप्रद सेयर निष्कासन पारित गर्नुपर्ने हुन्छ । कम्पनीले नै निर्माण गरिरहेको २० मेगावाटको रोल्वालिङ खोलामा लगानी गर्न पुँजी आवश्यक परेका कारण पनि हकप्रद सेयर निष्कासन गर्न लागेको जनाइएको छ ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL