Logo

२०७९ सालमा पनि रोकिएन नेप्सेको ओरालो यात्रा : लगानीकर्ता पेनिक हुँदा बजारमा बिक्री चाप, भेटिएन खरिदकर्ता

२०७९ सालमा पनि रोकिएन नेप्सेको ओरालो यात्रा : लगानीकर्ता पेनिक हुँदा बजारमा बिक्री चाप, भेटिएन खरिदकर्ता



काठमाडौं । नयाँ बर्ष २०७९ साल सुरु भएपछिको पहिलो दिनको कारोबारमै नेप्से परिसुचक दोहोरो अंकले घट्न पुगेको छ । बजार खुलेको केही समय बढेपनि अन्ततः नेप्से परिसुचक २९.६० अंकले घटेको छ ।

laxmi

लगानीकर्ता पेनिक हुँदा बजारमा सेलिङ प्रेसर देखिएको छ । नेप्से परिसुचक लामो समयदेखि घट्दा धेरैजसो लगानीकर्ताले आफ्नो पोर्टफोलियोको ५० प्रतिशतसम्म गुमाईसकेको र उच्च ब्याजदर र मार्जिन कलको प्रेसरसमेत आउन थालेकाले लगानीकर्ताले पेनिक हुन पुगेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

घट्दो बजारमा एभरेजिङ गर्न लगानी गर्ने पैसा नभएको र यस्तो अवस्थामा बैंकले समेत कर्जा दिनका लागि रोकेका कारण सस्तो मुल्यमै भएपनि आफुसँग भएको सेयर बेच्नुको विकल्प नरहेको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले धेरै लगानीकर्ताहरुले ठूलो लगानी गुमाईसकेको छन्,’ ती लगानीकर्ताले भने, ‘तर बजार घटेर सस्तो मुल्यमा सेयर आउँदा पनि किन्नका लागि पैसा नहुँदा लगानीकर्ताहरु झन बढी समस्यामा परेका छन् ।’ साथै यहिँ अवस्थामा बैंकको उच्च व्याज र मार्जिक कलले गर्दा लगानीकर्ताहरु थप समस्यामा परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

बजारमा बिक्री चाप आउँदा पनि खरिदकर्ता नहुँदा कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार घट्दो बजारमा १ अर्ब ४४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । ‘पछिल्लो समय खरिदकर्ताले जुन मुल्यमा अर्डर राख्न सोही मुल्यमा बिक्रीकर्ताहरु सेयर बिक्री गर्न तयार देखिएका छन्,’ उनले भने, ‘तै पनि बजारमा कारोबार रकम बढ्न सेकेको छैन ।’

आईतबार बजारमा सबै समुहका परिसुचक रातो भएका छन् । जसमा सबैभन्दा बढी फाइनान्स र जलविद्युत समुहका परिसुचक घटेका छन् । जसमा हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मुल्य घटेर सर्किटनै लागेको छ । यस्तै बजारमा यस्तै होटल तथा पर्यटन, बीमा, विकास बैंकलगायतका उपसमुहको परिसुचकमा पनि उच्च गिरावट आएको छ ।
((

प्रतिक्रिया दिनुहोस्
MBL