Logo

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, अब १० प्रतिशत बोनस सेयर दिने

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, अब १० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको बोनस सेयरसहित नगद लाभांशको परिमाण परिमार्जन गरेको हो ।

योसँगै अब कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोबापत लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसअघि कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, बीमा समितिले उक्त लाभांश परिमार्जन गर्न निर्देशन दिएसँगै कम्पनीले नगदलाई भन्दा बोनस सेयरलाई प्राथमिकता दिँदै लाभांश परिमार्जन गरेको हो ।

परिमार्जित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ । चार वर्षअघि जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले पहिलो पटक लाभांश घोषणा वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL