Logo

अटोमोवाइल व्यवसायीहरुलाई नाडाको प्रशिक्षण : कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण

अटोमोवाइल व्यवसायीहरुलाई नाडाको प्रशिक्षण : कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण



काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको उपस्थितीमा सो प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।

laxmi

अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस  सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा भीसीटीएस  सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ । सो कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यसबारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफना सदस्य कम्पनीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा यस्तो कार्यक्रमहरुले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने मात्र नभई व्यवसायीहरुलाई आफनो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले विगत केही बर्ष अघि देखि नाडाले यस्तो कार्यक्रमहरु राजधानीमा र प्रदेशस्तरमा समेत सम्पन्न गर्दे आइरहेको जानकारी दिए ।

उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएका थिए । त्यसैगरी नाडाका सीए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । नाडाका कूल ४६ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्
MBL