Logo

ग्राहक संतुष्टि सर्वेक्षणले भारतमा मारुती सुजुकीलाई १ नंबरमा देखायो

ग्राहक संतुष्टि सर्वेक्षणले भारतमा मारुती सुजुकीलाई १ नंबरमा देखायो


रामराजा श्रेष्ठ
0
Shares

 

बिजखबर संवाददाता ।

२३ कार्तिक काठमाडाै ।

निर्माता कम्पनी  मारुती सुजुकी ग्राहक संतुष्टी सर्वेक्षणमा पहिलो नंबरमा  परेको छ ।

जेडि पावर इन्डिया कस्टोमर सर्विस इन्डेक्स( सिएसआइ) ले सन् २०१४ का लागी गरेको सर्वेक्षणमा कार प्रयोगकर्ताहरुले सबैभन्दा बढि सन्तुष्टि मारुती सुजुकी प्रयोग गर्दा पाएको बताएका थिए । यो सर्वेक्षणमा मारुती सुजुकीले कुल १ हजार नंबरमा ८ सय ९० नंबर पाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक पंकज नरुलाले यो सफलता पाउनुका पछाडि मारुती सुजुकीले आफ्ना ग्राहकलाई  ध्यानमा राखी गरेका कामको ठुलो भुमिका रहेको बताए । भारतमा उक्त कम्पनीले ग्राहकै घरमा गएर सर्भिसिङ सेवा समेत प्रदान गर्ने बताएको छ । यो सर्वेक्षणमा भारतमा कार प्रयोग गर्ने कारधनीहरुलाई सामेल गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
MBL