Logo

हुण्डाई इलाण्ट्राको विक्री १ करोड नाघ्यो, दैनिक विक्री १ हजार १ सय थान

हुण्डाई इलाण्ट्राको विक्री १ करोड नाघ्यो, दैनिक विक्री १ हजार १ सय थान


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता,
काठमाडौं । हुण्डाई मोटर्सको उत्पादन इलाण्ट्रा विश्वभर १ करोड भन्दा बढी विक्री भएको छ । विभिन्न अवार्ड समेत जितेको इलाण्ट्रा १ करोड विक्री सङख्या पु¥याउने हुण्डाईको पहिलो मोडल समेत हो । यससँगै विश्व आटो उद्योगमा १ करोडभन्दा बढी सङख्यामा विक्री हुने १० उत्कृष्ट कारमध्ये इलाण्ट्रा पनि परेको छ । सन् १९९० मा सार्वजनिक गरिएको यो कार वार्षिक ४ लाख २० हजार र दैनिक १ हजार १ सयको संख्यामा विक्री हुँदै आएकोे छ ।

 

कम्प्याक्ट कार सेग्मेण्टमा इलाण्ट्राको आफ्नै विशेषता तथा गुणस्तरका कारण अत्यधिक माग हुने गरेकोे कम्पनीले जनाएको छ । यो कारले नर्थ अमेरिकन कार अफ दि इयर, अटोबेष्ट इन यूरोपलगायत अवार्ड पनि प्राप्त गरेको छ । साथै, साउथ अफ्रिका र क्यानडामा यसलाई राष्ट्रिय कारको उपाधिसमेत दिइएको छ । यी सबै उपाधि इलाण्ट्राले सन् २०१२ भित्रै मात्र पाउन सफल भएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपालमा लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले उक्त गाडीको विक्री वितरण गर्दै आएको छ । हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेन्टलले नेपालमा पनि इलाण्ट्रालाइ रुचाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL